काठमाडौं । खिलबहादुर तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुनको अभिनयमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ ।
प्रेम र विछोडको धारलाई समातेको यो चलचित्रमा सौगात मल्ल र दिया पुनको अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टी शेर्पालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ ।
प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ।