Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘सम्झना बिर्सना’ र ‘झिंगे दाउ’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘झिंगेदाउ’ र ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति घोषणा गरेका छन् ।

आकाश श्रेष्ठ र पूजा शर्मा अभिनित चलचित्र ‘सम्झना बिर्सना’ जेठ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आदित्य प्रधानले निर्देशन गरेको फिल्मलाई नेपालका साथै दार्जिलिङ र सिक्किममा पनि छायांकन गरिएको छ ।

त्यस्तै केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगे दाउ’ भदौ ३१ गते रिलिज हुने भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा ‘बुलबुल’ फेम्ड मुकुन भुसालको समेत अभिनय छ ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । फिल्मको पोस्टरमा केकी, आँचल र मुकुन चित्रित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x