Todays Date: २०८३ जेष्ठ ११

पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो

काठमाडौं । नाबालिग गायिकामाथि जबर्जस्तीकरणी अभियोगमा तनहुँ जिल्ला कारगारमा रहेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको छ।

मंगलबार विहान अभिनेता शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएको हो । पीडितले चैत ३ गते नवलपुरमा पनि आफूमाथि जबर्जस्तीकरणी भएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशसँगै अभिनेता शाह पुर्पक्ष थुनामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x