Todays Date: २०८३ असार १

‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठलाई

काठमाडौं । मोरङका नूतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि जितेका छन् । शनिवार साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले उपाधि जितेका हुन् ।

३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

श्रेष्ठलाई यसअघिका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट–रनरअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर अप भए । उनीहरूले क्रमशः ५० र ३० हजार रूपैयाँ प्राप्त गरे ।

त्यस्तै, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनरअप तथा मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर अप घोषित भए । उनीहरूले २० र १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरेका थिए ।

प्रतियोगितामा पूर्व मिस्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दीप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राज भाई सुवाल निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगितामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रशन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x