Todays Date: २०८३ जेष्ठ ३१

इन्डियन आइडल विजेता पवनदीप नेपाल आउँदै

काठमाडौं । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आउने भएका छन्।

काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन्। ३६५ इभेन्टस् एन्ड मिडियाले म्यानेज गर्ने सांगीतिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।

डिस्ट्रिक्ट अवार्ड एन्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल – भुटानले आयोजना गरेको अवार्ड सेरमोनी कार्यक्रममा चर्चित गायक पवनदीपले काठमाण्डौको दरबारमार्गस्थित पाँचतारे होटेल याक एन्ड यतीमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

यसका साथै यही वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ।

कार्यक्रमका लागि दुई थरीको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएको छ।

टिकट विभिन्न माध्यमबाट उपलब्ध हुनेसमेत जानकारी आयोजकले दिएका छन्। अनलाइन टिकटका लागि भुक्तानी प्रदायक आईएमई पे वालेटमार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार काठमाण्डौको विभिन्न स्थान जस्तै– लुना रेस्टुरेन्ट एन्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेस्टुरेन्ट मध्यबानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिनेछ।

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन्। उक्त सांगीतिक कार्यक्रम विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्रान्ड तथा कम्पनीले प्रायोजन गरेका छन्।

कोरोनाका कारणले स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने आयोजकले बताएका छन्। पवनदीपले विभिन्न धार्मिक स्थलहरुको समेत अवलोकन गर्ने आयोजकले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x