Todays Date: २०८३ जेष्ठ ३१

पल शाह प्रकरणमा पीडित नाबालिगकाका बुबाले पनि फेरे बयान, छोरीले जे भनि त्यही हो

काठमाडौं । अभिनेता पूर्णविक्रम शाह ( पल) प्रकरणमा पीडित नाबालिगकाका बुबाले पनि बयान फेरेका छन्। जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा उनले पहिले सरकारी वकिल समक्ष गराएको बयान भन्दा केही फरक बयान दिएका हुन्।

अदालतले तनहुँमा बकसपत्र गर्ने क्रममा नाबालिग गायिकाका बुबाले पनि जबर्जस्ती करणी नभएको बयान दिएको अदालतका एक वकिलले बताए ।

‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

होस्टाइल गर्नेलाई तीन महिना कैद र पाँच हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको ती वकिलले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x