Todays Date: २०८३ जेष्ठ २८

आमाको मुख हेर्ने दिन लक्षित अन्जु पन्तको स्वरमा ‘आमा’ (भिडियो)

काठमाडौं । लोक पौडेल र अन्जु पन्तको स्वर रहेको ‘आमा‘’ बोलको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा मिरा मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा लोक पौडेलको शब्द एवं संगीत रहेको छ । गीतको भिडिओलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ । आमा छोराको वियोगान्त कथा भिडिओमा प्रस्तुत गरिएको छ ।

भिडिओमा सरिता राजोपाध्याय, दिपेश गजुरेल, बालमुकुन्द आचार्य, बलराम बस्नेतलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडिओलाई दशरथ गिरिले सम्पादन गरेका हुन् भने खेम थापा मगरको छायांकन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x