काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ तथा दीया पुन स्टारर नयाँ नेपाली फिल्म ‘मन्त्र’ सेन्सर पास भएको छ । यही वैशाख १६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको हो ।
मितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको हो । खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । चलचित्रमा सौगात, बुद्धि र दीयाका साथमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।
सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।
मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा यस चलचित्रको छायाँकन गरिएको छ