Todays Date: २०८३ जेष्ठ ३०

स्वतन्त्र युवा उमेदवार बालेन शाहमाथि केशव स्थापितको अभद्र टिप्पणी

काठमाडौं । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितले स्वतन्त्र युवा उमेदवार बालेन्द्र शाह (बालेन) माथि अभद्र टिप्पणी गरेका छन् । उनले बालेन अन्तर्राष्ट्रिय ठग भएको भन्दै जातीय टिप्पणी गरेका छन् ।

आइतबार राजधानीमा आयाजना भएको एक कार्यक्रममा स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या, हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न, सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’

उनले बालेन दर्तावाल ठग भएको आरोप लगाए। ‘सुरूवातमै ठग, दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरी मेयरमा लड्न आउनु पर्दैन ? आँटचाहिँ केही छैन, जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैन, फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि ’। यसअघि उनले एक महिलामाथि अभद्र टिप्पणी गरेर आलोचित बनेका थिए । बालेनमाथिको टिप्पणीपछि उनीमाथि आचारसंहिताको प्रश्न समेत उठेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x