Todays Date: २०८३ जेष्ठ २८

गायक तथा संगीतकार प्रेम सेन्चुरीकाे ‘हे जननी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।

सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर राख्न आवहान यस गीत मार्फत गरिएको छ।

लिरिकल भिडियो भिडियोको रुपमा सार्वजनिक यस गीतलाई प्रोमोशन नेपाल संगको सहकार्यमा तयार पारिएको हो।

यसअघि गायक सेन्चुरीको स्वरमा समावेश गर्मिमा एसि जाडो हिटर चुम चुम ‘जीवन यहा यस्तै छ’ ‘परदेशीले मलाई रुवायो’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्।

गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x