News

राजेश पायल र अस्मिता अधिकारीको ‘तिम्रै नाम होस’,भिडियोमा राजेश र अभिनेत्री केकी

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ ।

गोपाल लोहारको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबैको प्रेम र रोमान्स देखाउन खोजिएको छ । सुदिप बरालले छायांकन र अर्जुन जिसीको सम्पादन रहेको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments