सौगात र सलोन अभिनित ‘घनचक्कर’को नेपाल भाषाको गीत सार्वजनिक
काठमाडौं । फिल्म ‘घनचक्कर’को नेवारी भाषामा बनेको गीत सार्वजनिक गरिएको छ ।
गीतमा फिल्मका मुख्य कलाकारबीचको प्रेम र पैसाको चक्करमा हिंड्ने उनीहरुको स्वभाव चित्रण छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर छ ।
कमेडी फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी लगायतको अभिनय छ ।
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ।
सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत रहेको छ।
सुसन प्रजापतिले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्। यो फिल्म असार १० गतेदेखि प्रदर्शन हुँदैछ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।