काठमाडौं । अभिनेता दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर् ‘कबड्डी–४’ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।
यो फिल्मले‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ ।
यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ ।