Todays Date: २०८३ जेष्ठ १२

महामारीले रोकिएको ‘हिजो आजका कुरा’को प्रदर्शन मिति जुर्यो

काठमाडौं । महामारीका कारण रोकिएको अर्को फिल्म ‘हिजो आजका कुरा’ले पनि प्रदर्शन मिति जुराएको छ । यो फिल्म अब तिहारको छेको पारेर असोज २८ मा प्रदर्शन हुनेछ ।

कुनै समयको टेलिभिजनको सर्वाधिक चर्चित कार्यक्रममा सन्तोष पन्तले अभिनयसँगै लेखन, निर्देशन तथा अभिनयको जिम्मेवारी सम्हाल्थे । फिल्ममा भने निर्देशनको अभिभारा सन्तोष पन्तका छोरा साकार पन्तले लिएका छन् ।

फिल्म टेलिभिजनमा झैँ सन्तोष पन्त र रमा थपलियाको मुख्य भूमिका रहेको छ । त्योबाहेक फिल्ममा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव आदिको अभिनय रहेको छ । यसको ‘माया जदौ’ बोलको गीत लोकप्रिय रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x