Todays Date: २०८३ जेष्ठ २८

इन्दिरा जोशीले ल्याइन् विवाहपछि पहिलो गीत ‘पछ्यौरी’

काठमाडौं । इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ ल्याएकी छिन् ।

बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । रोमान्टिक शैलीको गीतको भिडियोमा इन्दिरा स्वयं र निराजन प्रधान फिचर्ड छन् । भिडियोको निर्देशक प्रवीण सिंह हुन् ।

केही समयअघि वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x