Todays Date: २०८३ जेष्ठ ३०

‘नालापानी’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘नालापानी’को मोसन पोस्टर सार्वजनिक भएको छ। तिहारको अवसरमा आगामी कात्तिक ४ गते रिलिज हुने यस फिल्मको सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुनेछ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजको नेतृत्व गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो।

फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। यस फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड समेत पाएको थियो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया लगायतका कलाकारहरूको अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x