Todays Date: २०८३ जेष्ठ १२

सौगात, अर्पण र अनुपविक्रमको चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक गरिएको छ । एक्सन तथा थ्रिलर भनिएको फिल्म लाखेको शुक्रवार टिजर सार्वजनिक भएको हो ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी ९जिएम० को प्रस्तुती रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरी मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ । फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x