‘पानीफोटो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
काठमाडौं । चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा अनुप बराल र मेनुका प्रधान छन् । बराल र प्रधानसँगै खगे्रन्द लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्दि तामाङलगायत कलाकारको पनि अभिनय छ । चलचित्रको कथा पनि खगेन्द्र स्वयंले लेखेका हुन् ।
‘पानीफोटो’ साउन १३ गते रिलिज हुने छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।