गीता अधिकारीको ‘छम्म छम्म नाचौं न’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं । नारायण रिजालको निर्देशनमा ‘छम्म छम्म नाचौं न’ बोलको तीज गीत सार्वजनिक भएको छ।
शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायकतको अभिनय तथा नृत्य रहेको छ। ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडिओ आकर्षक बनेको छ।
सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज रहेको छ।
राहुल राईले छायांकन गरेको भिडिओलाई विष्णु शर्माले सम्पादन गरेका छन्। गीतको भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो, बजाउँदै चुरा र तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन्।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।