Todays Date: २०८३ जेष्ठ १२

भुवन केसीको नियुक्ति अयोग्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ।

साउन ९ गते (सोमबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। बोर्डको अध्यक्ष बनेका केसीको शैक्षिक योग्यताको सन्दर्भमा पनि प्रश्न उठाइने गरिन्छ।

कार्यस्थलमा ‘योन दुर्व्यवहार गरेको’को आरोप समेत भोगेका केसी बोर्ड अध्यक्षका लागि योग्य नभएको भन्दै विरोध हुँदै आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x