Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘फूलबारी’ को घोषणा, दयाहाङ,विपिन, प्रियंकादेखि मिरुना सम्मको अभिनय

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच फिल्म बन्ने औपचारिक घोषणा भएको हो।

कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। फेमिली ड्रामा जनरामा बन्ने यस चलचित्रले अभिभावक र सन्तानबिचको सम्बन्धको कथा भन्नेछ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की र मिरुना मगरको अभिनय रहनेछ।

यशोदा फिल्म्स प्रोड्क्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मनिष ढकाल हुन्। चलचित्रको छायाङ्कन भदौ पहिलो सातादेखि सुरु हुने बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x