Todays Date: २०८३ जेष्ठ १२

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को रिलिज मिति सर्‍यो

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को रिलिज मिति पछि सरेको छ । दसैँको अवसर पारेर असोज १४ गते रिलिज हुने भनिएको चलचित्र अब फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

असोज १४ गते रिलिज हुने तयभएपनि उक्त मिति तोकेको समयमा नेपाली र हिन्दी चलचित्रको भिडभाड भएकाले पछि सर्ने निर्णय गरिएको जनाइएको छ ।

भदौदेखि नै चलचित्र प्रदर्शनको चाप देखिएको छ । ‘परदेशी २’ ले प्रदर्शन मिति तोकेको एक साता अगाडि ‘प्रेम गीत ३’ रिलिज हुँदैछ ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

सुदीप कुँवरको सहनिर्देशन रहेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ ।

‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x