News

बालबालिका लक्षित लोकप्रिय कार्यक्रम ‘मोटु पत्लु’ अब नेपाली भाषामा

Motu Patlu

काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ ।

पछिल्लो समय नेपाली टेलिभिजनमा विदेशी रियालिटी शो र केही सिरियलका फ्रेन्चाइज प्रसारण हुने क्रम बढिरहेको बेला बालबालिका लक्षित लोकप्रिय कार्यक्रम ‘मोटु पत्लु’ पहिलोपटक प्रसारण हुन लागेको हो ।

ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।

यो टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जनाइएको छ । नेपाली बालदर्शकले पहिलेदेखि नै यो कार्यक्रम हिन्दी भाषामै हेर्दै आएका थिए ।

व्यंग्य र कटाक्ष जनरामा राखिएको यो कार्यक्रमलाई कसमस माया स्टुडियोज् र भायकम-१८ ले निर्माण गरेका हुन् । सुवास कादभ निर्देशित शो विश्वका अन्य भाषाका टेलिभिजन च्यानलमा समेत प्रसारण हुँदै आएको जनाइएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments