News

सामाजिक यथार्थवादी फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा, कुनलाई कति सो ?

Prakash Radha1660126784

काठमाडौं । शुक्रबारदेखि दुई नेपाली फिल्म’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै फिल्म एकै दिन प्रदर्शनमा आएका हुन् ।

बिहीबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘लाइगर’का कारण’प्रकाश’ र ‘राधा’ले हलमा कम शो पाएका छन्। ‘लाइगर’ले ५० देखि ५५ प्रतिशतसम्म शो पाउँदा प्रकाशले १७ देखि २० प्रतिशत र राधाले १० देखि १७ प्रतिशतसम्म सो पाएको छ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा ‘लाइगर’लाई ३३ शो दिँदा ‘प्रकाश’लाई ५ र ‘राधा’लाई ७ शो दिएको छ। त्यस्तै बिग मुभिजमा ‘लाइगर’ले ९ शो पाउँदा’प्रकाश’ र ‘राधा’ले समान ३र३ सो पाएका छन्।

यीबाहेक ‘लाइगर’,’प्रकाश’ र ‘राधा’ले क्रमशः वान सिनेमाज चेनमा १४, ६ र ४ शो, क्युज सिनेमाजमा ५, २ र १ शो, बिएसआरमा ६, ३ र २ शो, रन्जना सिनेप्लेक्समा ५, ३ र २ शो पाएका छन् भने सिडिसी सिनेमाजमा लाइगरले ३ तथा प्रकाश र राधाले समान १र१ शो पाएका छन्।

दिनेश राउतको निर्देशनमा बनेको ‘प्रकाश’मा प्रदिप खड्का, दिया मास्के, रेनु नाथ योगीको मुख्य भूमिका छ भने सुवर्ण थापाको निर्देशनमा बनेको राधामा ‘सृष्टि श्रेष्ठ’ मुख्य भूमिकामा देखिएकी छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments