काठमाडौं । साहित्यकार स्पन्दन विनोदको चोखो माया” नामको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आभास श्रेष्ठको स्वर रहेको गीतका शब्दहरु विनोदले कोरेका हुन् । सुनिल सङ्गमले संगीत भरेका छन् ।
सुनिलको निर्देशनमा स्पन्दन विनोद र पूजा सिम्खडाको मोडलिङ भएको यो गीतको सम्पूर्ण छायाङ्कन पोर्चुगलमा गरिएको हो ।
पुष्पराज सुवेदीको छायांकन रहेको यो गीतको सम्पादन ओमप्रकाश अवस्थीले गरेका हुन् ।