काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा ‘आफ्नै सासको त छैन भर’ सार्वजनिक भएको छ ।
गीतमा मोडल तथा युवा गीतकार मनोज सिग्देल (युरेश) को शब्दरचना र बबिता मानन्धरको संगीत रहेको गीतको भिडियोलाई अन्जु पन्त अफिसियलबाट सार्वजनिक गरिएको हो ।
‘आफ्नै सासको त’ भिडियोमा पछिल्लो समयकी लोकप्रिय मोडेल स्मारिका ढकाल ,मनोज सिग्देल र चादनी कुँवरको अभिनय रहेको छ ।
मन्दिरा उप्रेतीको निर्माण रहेको भिडियोमा उजन कुमार भारतीको सिनेमाटोग्राफी, राकेश दाहालको सम्पादन रहेको भिडियोलाई रामजी ज्ञवालीको निर्देशन रहेको छ ।