Todays Date: २०८३ असार १३

नेपालमा प्रदर्शन नहुँदै ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन लिक भएको छ।

नेपालमा सोमबारदेखि प्रदर्शन गर्ने तयारी भइरहेको फिल्मको हिन्दी डब प्रदर्शनअघि नै लिक भएको हो।

नेपाली फिल्मको इतिहासमा पहिलो पटक हिन्दीमा डब गरी नेपाल र भारतमा एकसाथ प्रदर्शन भएको फिल्मले पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। फिल्मले नेपालमा मात्रै सुरुको दुई दिनमा ५ करोडमाथिको कमाइ गर्ने अनुमान गरिएको छ।

फिल्मको हिन्दी डबको विवाद तन्किएपछि सेन्सरमा ढिलाइ भएका कारण सोमबारदेखि मात्रै नेपालमा प्रदर्शन हुने तयारीमा छ। यस्तोमा प्रदर्शन अघि नै फिल्मको हिन्दी डब टेलिग्राम मार्फत लिक भएको हो।

यसले गर्दा निर्माणदेखि पोस्ट प्रोडक्सन र प्रचार प्रसारमा ठूलो रकम खर्च गरेको फिल्मको बक्स अफिस कलेक्सनमा प्रत्यक्ष असर पार्ने देखिएको छ।

प्रदर्शन अघि नै यसरी फिल्म सार्वजनिक नगर्न र हलमा पनि भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न निर्माण टोलीले आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x