News

चर्चित गीत​ ‘रेलको बाटो’ मा आधारित भएर फिल्म निर्माण हुने

rail ko bato GBFWJr7j1O

काठमाडौं । चर्चित गीत​ ‘रेलको बाटो’ मा आधारित भएर फिल्म निर्माण हुने भएको छ।

लेखराज गिरीको शब्द तथा सुरज पण्डितको स्वर तथा संगीत रहेको गीतमा आधारित फिल्म बन्ने भएको हो।

गत वर्ष सार्वजनिक गीतमा सडक सञ्जाल नपुगेका कर्णाली क्षेत्रको पीडा देखाइएको छ।

शहरी क्षेत्रमा रेलमार्ग निर्माणको कुरा हुँदै गर्दा हुम्लाका जनताले गाडी पनि देख्न नपाएको अवस्थालाई गीतमा उतारिएको छ।

जीबी चिरनले पटकथा लेख्दै गरेको फिल्म केही दिनमा विकास बोर्डमा दर्ता गराइ औपचारिक घोषणा गरिने बताइएको छ।

चिरनले रेलको बाटो गीतको भिडियोमा अभिनय पनि गरेका थिए।

लक्ष्मण सुनारको निर्देशनमा तयार गीतको भिडियोमा चिरनसँगै सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय थियो।

फिल्ममा पनि मुख्य भूमिकामा चिरन नै देखिने बताइएको छ भने निर्देशक र अन्य कलाकारको भने टुंगो लाग्न बाँकी छ।

फिल्म बिन्दास प्रोडक्सनको ब्यानरमा निर्माण हुने बताइएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments