News

गीतकार दुर्गा खनाल घिमिरेको ‘दु:ख र सुख’ (भिडियोसहित)

काठमाडौं । गीतकार दुर्गा खनाल घिमिरेको दु: ख र सुख गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका अन्जु पन्त र गायक स्वरुपराज आचार्यको स्वर रहेको गीतको म्युजिक भिडियो डी फो क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सरोज पोखरेलको संगीत,रहेको उक्त गीतलाई साजन कटेलले निर्देशन गरेका छन् ।

उक्त गीतमा प्रकाशदीप तिमल्सिना, संजिता पाण्डे आदी कलाकारहरुले अभिनय गरेका छन् ।

दुर्गा खनाल घिमिरेको उत्कृष्ट शब्द रचनामा तयार पारिएको यस गीतको भिडियो डी फो क्रियशनको प्रस्तुतिमा तयार पारिएको हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments