Todays Date: २०८३ जेष्ठ १२

अष्ट्रेलिया बिक्यो ‘ए मेरो हजुर ४’ को राइट

काठमाडौं । ‘ए मेरो हजुर’ फ्रेन्चाइजको चौथो फिल्म ‘ए मेरो हजुर ४’ को अष्ट्रेलिया राइट बिक्री भएको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले फिल्मको अष्ट्रेलिया राइट किनेको हो।

झरना थापाको निर्देशन तथा सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिँदै छन्। अनमोल र सुहाना मुख्य भूमिकामा देखिएको ‘ए मेरो हजुर ३’ व्यवसायिक रुपमा सफल भएको थियो।

दुई दशक अघि शिव रेग्मीको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई दर्शकले निकै मन पराएका थिए। फिल्ममा श्री कृष्ण श्रेष्ठ, झरना थापा र गणेश उप्रेतीको मुख्य भूमिका रहेको थियो।

प्रेम कथामा आधारित फिल्म ‘ए मेरो हजुर ४’ नयाँ वर्षको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x