काठमाडौं । फिल्म ‘ठगराज’ बन्ने घोषणा भएको छ। रंग पत्रकार तथा लेखक लक्ष्मण सुवेदीले फिल्म ‘ठगराज’ बनाउन लागेका हुन्।
सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केही समय पछि जानकारी गराइने निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्ममा सुवेदीको नै लेखन, निर्देशन र लगानी रहनेछ।
अहिले कलाकार र प्राविधिकहरुको छनोट कार्य भइरहेको छ। साथै चैत्र अन्तिम साताबाट फिल्मको छायाङ्कन गर्ने योजना रहेको सुवेदीले बताए। फिल्मको ८० प्रतिशत छायाङ्कन उपत्यकाबाहिर र बाँकी सुटिङ काठमाडौंमा नै गरिनेछ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा बन्न लागेको फिल्म दिलासा क्रियसनको ब्यानरमा निर्माण हुनेछ।