Todays Date: २०८३ जेष्ठ १२

हेमन्त कान्छा रसाइलीको ‘फूल रोको कस्ले देख्छ र ?’ (भिडियो)

काठमाडौं । गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फूलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ढकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसैले नदेख्ने कुरालाई भिडियोले प्रस्तुत गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x