काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ ।
डान्सिङ शैलीका गीतहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सिर्जना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो ।
पारिवारिक प्रेम कथामा आधारित रहेको सानो सानो कुरामा आशिषसँग असामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा आशिष र जुनलाई भर्खरै विवाह गरेको एक प्रेमील जोडीका रुपमा देखाइएको छ ।