Todays Date: २०८३ जेष्ठ ११

रेखा शाहको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका रेखा शाहको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ। रेखाको जन्मदिनको अवसरमा सोमबार उनको नयाँ गीत सार्वजनिक भएको हो।

चर्चित गीत ‘सिमसिमे पानीमा’ गाएकी रेखा केही समयदेखि भने निष्क्रिय थिइन्। यो गीत सार्वजनिक भएसँगै अब उनको निष्क्रियता टुटेको छ।

यो गीतमा रमा कार्कीको शब्द रहेको छ। गीतको संगीत राम थापाको रहेको छ भने फनन्द्र राईले यसलाई एरेन्ज गरेका छन्।

गीतको भिडियोमा रेखाकै अभिनय छ। गीतको निर्देशनसँगै छायांंकन पनि रुपेश थापाको रहेको छ। भिडियोको सम्पादन मिलन विश्वकर्माको रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x