Todays Date: २०८३ जेष्ठ ११

फिल्म ‘परस्त्री’मा अभिनेत्रीमा शिल्पा मास्के अनुबन्धित, सुरज पाण्डेको निर्देशन

काठमाडौं । सुरज पाण्डेको निर्देशनमा बन्ने फिल्म ‘परस्त्री’मा अभिनेत्रीको रुपमा शिल्पा मास्के अनुबन्धित भएकी छिन्। मास्केसँग फिल्मको निर्माण पक्षले सम्झौता गरेको छ।

‘लभ लभ लभ’ नामक चलचित्रमार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका पाण्डेको डेभ्यु निर्देशन रहेको फिल्म ‘परस्त्री’को निर्माण शर्मिला पाण्डेले गर्दै छिन्। सुरज निर्माता पाण्डेका छोरा हुन्। केही महिनाअघि राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर फिल्म निर्माणको घोषणा गरिएको थियो।

फिल्मको घोषणाकै समयमा आवश्यक कलाकारहरुको लागि आह्वान गरिएको थियो। सुरजका अनुसार यो फिल्म अहिलेसम्मकै नयाँ नेपाली कथामा बन्दै छ।

फिल्ममा दिपेन्द्र के खनालले लेखेका छन् भने यसको निर्माण डीएस डिजिटलको ब्यानरमा हुँदै छ। फिल्ममा शीर्ष अभिनेताको भूमिकामा कोशिश क्षेत्री रहेका छन्। यो फिल्मको कथा डार्क थ्रिलर विधामा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x