Todays Date: २०८३ जेष्ठ ११

‘ म यस्तो गीत गाउँछु-२’ को नयाँ रिलिज मिति घोषणा

काठमाडौं । रकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न पाइने निर्णय गरेको छ। निर्णयसँगै फिल्म ‘यस्तो गीत गाउँछु-२’ को नयाँ रिलिज मिति घोषणा भएको छ।

यो फिल्म अब फागुन १३ गते प्रदर्शन हुने पक्का भएको छ। निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ रिलिज मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्।

यसअघि माघ १९ रिलिज तय भएको थियो। तर कोरोना संक्रमण बढेसँगै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो।

यसअघि नै मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ पनि रिलिज हुने घोषणा भइसकेको छ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x