News

युट्युबको ट्रेन्डिङ १ मा रहेको गीत चोरी प्रकरणमा मुछियो, विवाद के हो ?

काठमाडौं । युट्युबको ट्रेन्डिङ १ मा रहेको गीत चोरी प्रकरणमा मुछिएको छ ।

गायक प्रमोद खरेल र रुक्सना लिम्बूको आवाजको गीत ‘नोगेन’को संगीतको केही अंश आफ्नो गीतसँग मिल्न गएको संगीतकार वसन्त सापकोटाको दाबी छ ।

नोगेनको हुक लाइन ‘मेरो आस बन्यौ नोगेन…’ को संगीत आफ्नो गीत ‘सागर सरी चोखो माया…’ सँग मिल्न गएको संगीतकार सापकोटा बताउँछन् ।

‘मेरो सास बन्यौ नोगेन, मेरो खास बन्यौ नोगेन, विश्वास बन्यौ नोगेन, तिमी जूनजस्तै… ए बतास मेरो यो ढुकढुकीलाई दे न दे साहस’ यो भाग ‘सागर सरी चोखो माया तिमीलाई दिउँला…’ भागको संगीतसँग मिल्न गएको संगीतकार सापकोटाले दाबी गरेका हुन् ।

गीत सुन्ने सामान्य दर्शकले पनि संगीत मिलेको थाहा पाउने उनले बताए। नयाँ गीतको संगीतकारमा संयुक्त रूपमा नाम राख्नु पर्ने सापकोटाको माग छ।

‘मलाई संगीतकारमा मेरो नाम पनि होस् भन्ने मात्र हो,’ उनले भने, ‘महेश खड्का वरिष्ठ संगीतकार हुनुहुन्छ। उहाँप्रति सम्मान छ। तर यसरी सबै गीतको मेलोडी मिल्यो भने हामी कहाँ पुगिन्छ।’

मेलोडी बनाउन धेरै मेहनत गर्नुपर्ने उल्लेख गर्दै सापकोटाले यसरी मेलोडी मिल्दा दर्शकमा नै खड्का प्रतिको सम्मान घट्ने बताए।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments