खगेन्द्र लामिछानेद्धारा निर्देशित चलचित्र ‘पानीफोटो’ भदौ १० गते रिलिज हुने
काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफोटो’ भदौ १० गते रिलिज हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाई भएको ‘पानीफोटो’ २०७९ सालको भदौमा प्रदर्शन हुने भएको निर्माण पक्षले जनाएको छ ।
स्वयम् खगेन्द्रले लेखेको नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनील पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्दि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महतलगायत कलाकारको अभिनय छ ।
चलचित्रको छायांकन काठमान्डौसँगै वर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।