Todays Date: २०८३ जेष्ठ १३

हरिहर खनियाको ‘म हराएको छैन…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार हरिहर खनियाको ‘म हराएको छैन…’ बोलको गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ।

आदर्श म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा रचना र सङ्गीत दुवै खनियाको रहेको छ। सन्तोष रुचालको स्वर रहेको गीतको म्युजिक भिडियोमा भूपेन्द्र ढकाल र सरिता दानकुटीको मुख्य अभिनय रहेको छ।

माओवादी जनयुद्धमा लागेकी महिलासँग नायकले बिहे गरेपछि उसले भोग्नुपरेको पीडा र विछोडको कथा भिडियोमा देखाउन खोजिएको छ। २० वर्षअघिको युद्धको पीडापछि पनि आफू नहराएको, बरु सहरको साँघुरो गल्लीको अग्लो घरको अँध्यारो कोठामा जीवन बिताइरहेको सूचना दिनका लागि गीतको सहारा लिइएको कथा म्युजिक भिडियोले प्रस्तुत गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x