काठमाडौं । फिल्म ‘हेल्लो जिन्दगी’ गीत सार्वजनिक भएको छ। ’अनौठो माया’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु विक्रम जोशी र दीपिका प्रसाईं फिचर्ड छन् ।
बेलायतको रमणीय दृश्यहरुमा छायांकन गरिएको गीतमा एड्रिन प्रधान र रेजिना रिमालको स्वर रहेको छ ।
गीतमा निर्देशक एभरेष्ट सुर्य बोहोराको शब्द रहेको छ भने संगीत अमित श्रेष्ठले दिएका छन् । गीतको निर्देशन विष्णु देवाले गरेका छन् ।
चैत्र १८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको छ ।