Movies

हिमेश पन्त मिलन चाम्सको निर्देशनमा बन्ने ‘वर एण्ड वधु’मा अनुबन्धित

bar and badhu wJXAaAPfKI

काठमाडौं । कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त ‘वर एण्ड वधु’मा अभिनय गर्ने भएका छन्।

मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मबाट उनले फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका हुन्।

हिमेशले निर्माण टोलीसँग सम्झौता गरिसकेका छन्। शुक्रबार निर्देशक चाम्सले आफ्नो सामाजिक सञ्जालमार्फत बधाइ तथा स्वागत गरेका छन्।

प्रेम कथामा आधारित फिल्म वर एण्ड वधुमा आँचल र विवेक कर्मचार्यको मुख्य भूमिका रहनेछ।

फिल्ममा कमेडी पनि रहेकाले हिमेशलाई सुहाउँदो पात्रमा अनुबन्धित गरिएको निर्माण टोलीले बताएको छ। एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको छायांकन छिट्टै सुरू गरिने बताइएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments