‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला, विजेतालाई २५ लाख
काठमाडौं । भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’को अडिसन खुला भएको छ ।
इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको आयोजकले जनाएको छ ।
अडिसनमा भाग लिन नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ ।
कार्यक्रम आगामी वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुने जनाइएको छ ।
२५ शृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउने बताइएको छ। विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा हुनेछ। भोटका लागि सजिलो ‘पे भोटिङ’ पार्टनर बनेको छ।
शोको निर्णायकको रुपमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहनेछन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।