संगीतकार अर्जुन पोखरेलको निर्देशनमा डेब्यु गीत ‘नथिया’
काठमाडौं । संगीतकार अर्जुन पोखरेलले निर्देशनमा डेब्यु गरेका छन् ।
संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो ‘नथिया’ मार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।
गीतमा रोशन केसी, पूजा शर्मा लगायतको अभिनय रहेको छ । गीतमा नवराज उप्रेतीको छायांकन, राजेन्द्र मोक्तानको कलर करेक्सन, सुरेन्द्र बसेलको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।