Todays Date: २०८३ जेष्ठ ३१

अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमाल अभिनित ‘प्रेमगन्ज’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ।

निर्माण टोलीले विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो।

परिच्छेद सेनले निर्देशन गरेको फिल्ममा सुरक्षा र बेनिशासँगै सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक सेनले नै लेखेका हुन्। निर्माण टोलीले फिल्मको टिजर कपिराइट फ्री रहने जनाएको छ।

यति मात्र होइन निर्माण टोलीले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई क्रमशः २५ हजार, १४ हजार र १० हजार रुपैयाँ पुरस्कारको पनि व्यवस्था गरेको छ। यो अफर वैशाख तीन गतेदेखि सुरू भएर साउन २५ गतेसम्म चल्नेछ।

यो फिल्म भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x