खगेन्द्र लामिछानेको डेब्यू निर्देशन फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ।

मोसन पोस्टर सार्वजनिक गर्दै भिडिओमा अभिनेता खगेन्द्र लामिछानेले भनेका छन्, ‘मेरो एउटा सपना थियो, कमसेकम एउटा फिल्म निर्देशन गर्ने। धेरैले राम्रो अभिनेता तथा लेखक हुँदा किन निर्देशनमा हात हाल्नु पर्यो भनेर प्रश्न गर्नु हुन्थ्यो। तर सपनाको कुनै उत्तर हुँदैन। त्यसैले मैले पानीफोटो निर्देशन गरेँ।’

शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा दुई पात्रलाई बाटोमा हिँड्दै गरेको देख्न सकिन्छ। फिल्मको कथा निर्देशक खगेन्द्रले नै तयार पारेका हुन्।

फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ।

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ। टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन्।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गरेका छन्। फिल्मको छायांकन काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको हो।

यो साउन १३ गतेदेखि प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x