काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौं संस्करणका लागि आवेदन खुला गरिएको छ ।
कथाहरूको उत्सव भन्ने नारासहित ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिनेछ ।
पुस १० सम्म आवेदन दिन पाइनेछ । छैटौं निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।
‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन भर्न पाउनेछन्। साथै राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन समेत दिन सकिनेछ।
निफमा फिल्मकर्मीले पठाएको फिचर फिल्म ६० मिनेट देखि १२० मिनेट लामो, सर्ट फिल्म ३० मिनेटभन्दा कम र डकुमेन्ट्री ६० मिनेट भन्दा कम हुनुपर्नेछ। निफको छैटौं संस्करण २०२३ मार्च १६ देखि २० सम्म (चैत्र २- ६ गते) काठमाडौंमा हुने समेत बताइएको छ।