Todays Date: २०८३ जेष्ठ १२

प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को पहिलो गीत सार्वजनिक भएको छ।

अशोक शेरचनको शब्द रहेको ‘मान्छे मान्छे’ गीतमा एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर रहेको छ।

समाजमा रहेको जातीय र वर्गिय द्वन्द्वको विषयलाई गीतले प्रस्तुत गरेको छ। देशमा परिवर्तनका लागि भएको जनयुद्धपछि व्यवस्था र सरकार फेरिए पनि सामाजिक व्यवस्था परिवर्तन हुन नसकेको कुरालाई गीतमा समेटिएको छ।

सार्वजनिक ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल भिडियोमा फिल्मका केही सट क्लिप र फोटोहरू समावेश गरिएको छ।

विकास सुवेदीको लेखन रहेको फिल्मको छायांकन जुम्लामा गरिएको थियो। बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई दिनेश राउतको निर्देशन गरेका हुन्।

फिल्ममा प्रदिपका साथै रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

https://youtu.be/Ze8dlamenG0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x