Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आएको छ। शुक्रवार रिलिज भएको यो फिल्मले नेपाली फिल्मतर्फ सोलो रिलिज हो।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।

रातो बाकसमा फर्किएका श्रीमानलाई बाजुराबाट काठमाडौंसम्म लिन आइपुगेकी पुष्पाको कथा फिल्ममा उतारिएको छ। काठमाडौंबाट बाजुरासम्म गाडीमा श्रीमानको शव राखेर सुरु हुन्छ उनीहरुको यात्रा। काठमाडौंदेखि बाजुरासम्मको यात्रा फिल्ममा देखाइएको छ।

फिल्मको सुटिङ काठमाडौं, बाजुरा लगायतका स्थानमा गरिएको थियो। फिल्ममा बाजुराको भाषासमेत समावेश गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x