काठमाडौं । फिल्म ‘नालापानी’को रिलिज मिति तय भएको छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने पक्का भएको हो।
चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म-२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन् । शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको अधिकारीले जानकारी दिए।
यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड समेत पाएको थियो।
धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा फिल्म आधारित रहेको जनाइएको छ । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय छ ।