Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने, संकलित रकम सामाजिक सेवामा

काठमाडौं । चर्चित खेलाडी (ग्राण्ड मास्टर) एवं एक्सन अभिनेता राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।

प्रिमियर शो बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा २७ अगष्टमा हुने भएको हो । निर्माण पक्षले आइतवार अल्डरसर्टस्थित पत्रकार सम्मेलन गरि प्रिमियर शो प्रर्दशन हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रिमियर शोका लागि आवश्यक सबै तयारी भइसकेको आयोजकले जानकारी दिएको हो ।

विजया राईको प्रस्तुती रहेको चलचित्रलाई रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका छन ।प्रिमियर शोका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ । संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ ।

नेपालको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर राई) गरेका हुन् । उनले निर्देशन गरेको यो नै पहिलो मुलधारको ठुलो पर्दाको चलचित्र हो। करिब तीन दशकदेखि चलचित्र क्षेत्रमा रहेका राई छायांकनका लागि चर्चित छन्।

निर्देशन राईले यसअघि किरात राई संस्कृतिमा आधारित दुई वटा चलचित्र निर्माण, लेखन, निर्देशन र छायांकन गरेका छन्। उनले दर्जनौँ चलचित्र छायांकन गरेका छन् भने सयौँ म्युजिक भिडियो छायांकन गरेका छन्।

चलचित्रमा एक सैनिकको संघर्षलाई कथावस्तुमा समेटिएको निमार्ण निर्देशन राईले जानकारी दिए। उनले चलचित्र फरक कथामा उत्कृष्ठ बनेकाले सफल हुनेमा आशावादी रहेको बताए।

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, शर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ ।

चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन् भने गीत राजकुमार राई र चत्तरभक्त राईले लेखेका हुन् । चलचित्रको द्धन्द्ध निर्देशन एन.वी. महर्जनको रहेको छ भने छायांकन दीर्घ गुरुङले गरेका छन् ।

पत्रकार सम्मेलनमा चलचित्र निमार्ता विनोद मानन्धर र नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्ष रोमियन लिम्बुको समेत उपस्थिती रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x